गोरखा । चुमनुब्री-१ पाङबोचेस्थित पाङबारी पिक हिमाल आरोहणका लागि पुगेका दुई आरोहीको शव फेला परेको छ।
कात्तिक १३ बाट सम्पर्कविहीन इटालियन ननगरिक ५१ वर्षीय फार्नातो स्तेफानो र २८ वर्षीय कापुतो आलेस्सान्द्रो मृत भेटिएका जिल्ला प्रहरी कार्यलय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए। कात्तिक १ गते पिक आरोहणका लागि उनीहरू त्यहाँ पुगेका थिए। त्यसपछि भएको हिमपातका क्रममा उनीहरू त्यहाँ फसेका थिए।
हिउँमा पुरिएको अवस्थामा शव फेला परेको र मंगलबार उद्धार गरेर सामागाउँको हेलिप्याडमा ल्याइएको प्रहरीले जनाएको छ।
चुमनुब्री-१ पाङबोचेस्थित ताजुङ भञ्ज्याङ नाका जाने बाटोमा पर्ने पाङबारी पिक हिमाल आरोहणका लागि ३ इटालियन नागरिकसहित ६ जना गएका थिए। एक इटालियनसहित ४ नेपालीको आइतबार उद्धार गरिएको थियो।
प्रतिक्रिया