मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–५ मा अवस्थित नयाँ बृन्दावन गौशाला पछिल्ला वर्षहरूमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। यहाँ एसियाकै अग्लो गाईको प्रतिमा, कलात्मक मूर्तिहरू, धार्मिक संरचना र शान्त वातावरणले आगन्तुकलाई लोभ्याउने गरेको छ। परिवारसँग घुम्न, धार्मिक श्रद्धा व्यक्त गर्न वा फोटोग्राफीका लागि आउनेहरूका लागि यो आकर्षक स्थल बनेको छ।
प्रतिक्रिया