काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनाइटेड किङ्गडम एक्रेडिटेशन सर्भिसबाट मान्यता प्राप्त एम्टिभो लिमिटेड, यूकेको माध्यमबाट आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ।
गत महिना सम्पन्न भएको निरीक्षण (सर्भेलेन्स) प्रक्रियामा कम्पनीले आफ्नो सूचना सुरक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार सन्तोषजनक रूपमा व्यवस्थापन गरेको निष्कर्ष आएपछि उक्त प्रमाणपत्र नवीकरण भएको हो।
आईएसओ/आईईसी २७००१:२०२२ ले सूचना सुरक्षा व्यवस्थापन प्रणालीका अन्तर्राष्ट्रिय मापदण्डहरू परिभाषित गर्छ, जसले कम्पनीले जोखिम व्यवस्थापन, डेटा सुरक्षा, गोपनीयता र संस्थागत सुशासनमा असल अभ्यासहरू अपनाएको प्रमाणित गर्दछ।
कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय सञ्चालन र नियामकीय व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियमित नवीकरण गरिरहेको जनाएको छ।
नेपालको बीमा व्यवसायमा आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनीका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स स्थापित भएको छ।
प्रमाणपत्रको निरन्तरता पाएसँगै कम्पनीले आगामी दिनमा पनि सूचना सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासहरूलाई अझ सुदृढ र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया