खोटाङ : मेघराज धमला स्मृति प्रतिष्ठान खोटाङले ‘उत्कृष्ट प्रधानाध्यापक पुरस्कार–२०८२’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा आधारभूत विद्यालय सिरुवासका प्रधानाध्यापक राजाकर्ण राईलाई प्रदान गरेको छ ।
सामुदायिक विद्यालयको अध्यापन क्षेत्रमा पु¥याएको योगदान, शैक्षिक व्यवस्थापन, सामाजिक नेतृत्व तथा सेवाप्रतिको लगनशीलता, दक्षता र इमानदारिताको उच्च मूल्याङ्कन गर्दै प्रधानाध्यापक राईलाई आज दिक्तेलमा आयोजित कार्यक्रममा नगद ३० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
त्यस अवसरमा विद्यार्थी ज्वाला अधिकारी र समिक्षा कार्कीलाई पनि प्रशंसापत्र तथा जनही नगद दुई हजार ५०० का दरले पुरस्कार प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिए ।
पुरस्कृत प्रधानाध्यापक तथा विद्यार्थीद्वयलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य विशाल भट्टराईलगायतले दोसल्ला ओढाएर पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।
प्रतिक्रिया