काठमाडौँ– २३ र २४ भदौको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले गएरातीदेखि प्रहरी प्रमुखबाट बिदा भएका चन्द्रकुबेर खापुङलाई विदेश जान रोक लगाउन र स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नदिन पनि सरकारलाई आग्रह गरेको छ।
बिहीबार बसेको आयोगको बैठकले घटनाको छानबिन र सोधपुछका लागि जतिबेला पनि बोलाउन सकिने भन्दै यस्तो आग्रह गरेको हो। ‘कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्रकार गर्ने निर्णय भएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा छ।
साथै कुनै क्षतिको विवरण भए पनि आयोगको इमेलमा उपलब्ध गराउन आग्रह गरिएको छ।
खापुङ ३० वर्षे सेवा अवधि हदका कारणले अवकाश पाएका थिए। उनी भदौ १९ गते प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए। प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको चार दिनमै २३ भदौमा संसद भवन अगाडि भएको जेनजी प्रदर्शनमा १९ जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।
२४ र २४ गतेको जेनजी आन्दोलनमा देशभर ७६ जनाको मृत्यु भएको थियो। यही घटनाका सम्बन्धमा गठन भएको आयोगले छानबिन गरिरहेका छ। प्रहरीसमेत छानबिनको घेरामा परेको छ।
विज्ञप्ति:

प्रतिक्रिया