काठमाडौं : नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको मत गणना कार्य सुरु भएको छ । मतदान सकिएर विद्युतीय ८० वटै भोटिङ मेसिनबाट चिप्स संकलन गरेर मत गणना कार्य सुरु गरिएको हो ।
एमाले निर्वाचन आयोगका अनुसारमा आजै विहान ११ बजे सम्ममा निर्वाचनको पुर्ण परिणाम सार्वजनिक गर्ने गरी काम भई रहेको छ । एमाले निर्वाचन आयोगले चिप्स संकलन गर्ने काम सकिएर निर्वाचन समितिको बैठक बसेर मतगणना सुरु भएको जनाउको छ ।
महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकोका जसमा २ हजार २ सय २७ मत खसेको थियो । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानलै वनाएर प्रतिस्पर्धामा गरिरहेका छन् । एमाले महाधिवेशनले १९ पदाधिकारी सहित ३सय १ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ ।
प्रतिक्रिया