एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रहिरहनेछ : इश्वर पोखरेल

विहीबार, ०३ पुस २०८२
इश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेको  ११ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा केपी शर्मा ओलीसंग पराजित भएका अध्यक्षका प्रतिस्पर्धी इश्वर पोखरेलले एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने वताएका छन् । 

एमाले महाधिवेशनको निर्वाचनको मत परिणाम सर्वजनिक भएपछि पोखरेलले मतदाताहरुलाई धन्यवाद दिदै आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु भनेका हुन्  । 

प्रतिस्पर्धामा यसपटक विजयी बन्न नसकेपनि विश्वासको मत प्रदान गर्ने मतदाता प्रतिनिधिहरुलाई धन्यवाद दिंदै उनले अगाडि भनेका छन्,‘प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नुहुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

 महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू–जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन , पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूको बहस र छलफलले नयां स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु पोखरेलले भनेका छन् । 

महाधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले १६सय ६३ मत प्राप्त गर्दा पोखरेलले ५सय ६४ मत मात्रै प्राप्त गरेका थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार