राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

विहीबार, ०३ पुस २०८२
फाइल फोटो

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवलको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको छ । थुनामा रहेका सभापति लामिछानेले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनु पर्ने माग सहितको दिएको निवेदनका आधारमा उनलाई धरौटीमा छोड्ने आदेश अदालतले गरेको हो । 

रास्वपा सभापति लामिछानेले  बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए । आज भएको सुनुवाईमा लामिछानेलाई धरौटीमा रहेर मुद्धा लड्न पाउने गरि छोड्न उच्च अदालत तुलसीपुर बुटवलको इजलासले आदेश दिएको छ। 

अदालतको आदेशपछि बाहिरै बसेर मुद्धा लड्न पाउँ भनि निवेदन दिएका  सभापति लामिछाने धरौटी बुझाएर रिहा हुने छन । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार