सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन

बुधबार, ०९ पुस २०८२
राजनीतिक संवाद समिति टोलीको अनुगमन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले अनुगमन गरेको छ ।  बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले वनस्थलीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको अनुगमनका क्रममा उपस्थिति रहेको थियो ।

आज नै सरकारी टोलीले जनमत पार्टी र राप्रपा पार्टी कार्यालयको समेत अनुगमन गरेको थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार