लेटाङ रनको तेश्रो संस्कारण माघ १ गते हुने, विदेशीसहित करिव ८ सय धावक सहभागी हुने

बुधबार, ०९ पुस २०८२
पत्रकार सम्मेलन

लेटाङ :  आगामी माघ १ गते लेटाङ रनको तेश्रो संस्कारण आयोजना गरिने भएको छ । आयोजक लेटाङ रनले मंगलबार पत्रकार सम्मेलन गर्दै करिव ८ सय धावकहरुको सहभागितामा लेटाङ रन सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । 
पत्रकार सम्मेलनमा बोल्दै लेटाङ रनका अध्यक्ष किरण राईले यसवर्षको लेटाङ रन गतवर्षको भन्दा वृहतरुपमा र व्यापक सहभागितामा सञ्चालन गर्न लागिएको जानकारी दिए । पत्रकार सम्मेलनमा लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरुको समेत सहभागिता रहने भन्दै उनले यसवर्ष ४ वटा विधामा महिला र पुरुषतर्फ गरि ८ वटा प्रतिस्पर्धा सञ्चालन गरिने समेत जानकारी गराए । 

पत्रकार सम्मेलनमा सबै भन्दा ठूलो पुरस्कार राशीको खुला पुरुष÷महिला तर्फको १० किलोमिटरको म्याराथन प्रतियोगिता सञ्चालन हुनेछ । यस विधामा महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले मेडलसहित ३० हजार, दोश्रोले १५ हजार, तेश्रो हुनेले ८ हजार र सान्त्वना हुने  २ जनाले १÷१ हजार नगद पुरस्कार पाउनेछन् । 

यस्तै लेटाङ नगरपालिका भित्रका धावक मात्र सहभागी हुन पाउने हाम्रो लेटाङ विधामा पनि महिला र पुरुष दुवैतर्फका प्रतिस्पर्धा हुनेछन् । भेट्रान महिला र पुरुषतर्फको म्याराथन समते आयोजना गरिने भएको छ । कक्षा ८ भन्दा तल अध्ययनरत विद्यार्थीहरुको महिला र पुरुष दुवै तर्फको प्रतिस्पर्धा गराइने समेत जनाइयो । प्रतियोगितामा सहभागिताका लागि निश्चित दर्ता शुल्क लाग्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

लेटाङ नगरपालिकालाई चिनाउन तथा युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै लागुऔषध दुव्र्यसनको कुलतमा लाग्नबाट टाढै राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लेटाङ रनका सदस्य अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । 

प्रतियोगिता सञ्चालन गर्न लेटाङ नगरपालिका, वडा कार्यालय, सामुदायिक वन, हाल युकेमा रहनु भएका स्थानीयवासी सन्तोष राई लागयत विभिन्न संस्था र व्यक्तिहरुले सहयोग गरेका छन् । लेटाङ रन सम्पन्न गर्न करिव ९ लाख रुपैयाँ लागत लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार