फेमे खोलामा ल्याइयो कावेलीको बेलिब्रिज

विहीबार, १० पुस २०८२
फेमे खोलाको पुल बगेपछि ती क्षेत्रकोका यात्रा कष्टकर हुँदै आएको छ

पाँचथर : पाँचथरको फेमे खोलामा जडान गर्न बेलिब्रिज ल्याइएको छ । फिदिम– याङनाम–नांगीन–फालौट सडक खण्डमा पर्ने फेमे खोलामा जडान गर्नका लागि बेलिब्रिज ल्याइएको हो । 
 मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डमा पर्ने काबेली खोलाबाट ल्याएर बेलिब्रिज जोड्न लागिएको जनाइएको छ । २०८१ साल असोज १२ गतेको बाढीले पक्की पुल बगाएपछि फेमे खोलामा बनाइएका डाइभर्सन पटकपटक बगेपछि यात्रा कष्टकर बन्दै आइरहेको छ । 

यसैविच संघीय सरकारले फेमे खोलामा जडान गर्नका लागि काबेलीमा रहेको ५० मिटर लामो बेलिब्रिज उपलब्ध गराए सँगै प्रदेश सरकार मातहतको पुर्वाधार विकास कार्यालय मार्फत  बेलिब्रिज जोड्ने प्रकृया थालिएको छ ।  बेलिब्रिज जडानका लागि सुनगाभा विल्डर्स एण्ड सुपर संखमुल नामक कम्पनीले सम्झौता गरेको छ । १ करोड ३९ लाख ८२ हजार ५ सय ६२ रुपैंयामा ठेक्का लागेको बेलिब्रिज जडानको काम दुई महिना भित्रै सम्पन्न गर्ने निर्माण व्यवसायी कमल गौतमले जानकारी दिए ।

फेमे खोलाको बाटो भएर फिदिमबाट याङनाम,नाङ्गीन,सिदिन,लुङरुपा,प्राङवुङ र मेमेङ हु“दै भारत र सिक्किमको सिमावर्ती तीन सिमाना र फालौट क्षेत्रसम्म पुग्न सकिन्छ । फेमे खोलाको पुल बगेपछि ती क्षेत्रकोका यात्रा कष्टकर हुँदै आएको थियो । बेलिब्रिज जडानपछि यस क्षेत्रको यात्रा सहज हुने अनुमान गरिएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार