झापा । नेपाली कम्युनिष्ट पार्टीले झापाका पाँचै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। बिहीबार बसेको उम्मेदवार छनोट समितिको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको हो।
आगामी निर्वाचनका लागि झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सविता भण्डारी, माधव अर्याल, चन्द्रा कार्की, अशेष घिमिरे र बिपी भट्टराईको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ मुकुलचन्द्र राजवंशी, कोविलाल मेचे, पर्शुराम शङ्कर, तारा राज ओली, उदय बराइली, तारा रुचाल र सूर्यबहादुर विक रहेका छन् भने राष्ट्रियसभातर्फ बोधराज दाहाल असिम र बद्रीनाथ फुयाँलको नाम सिफारिस गरिएको छ।
झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ हरिबोल गजुरेल, धर्मशिला चापागाईँ, वासुदेव दुलाल, प्रत्युस आजाद राना र प्रज्वल कडरिया जेनजेड सिफारिस भएका छन्। समानुपातिकतर्फ हरिकुमार राना, ज्योति सिंह दर्लामी, भास्करराज काफ्ले, खड्गबहादुर कन्दङ्वा रोशन, सनम राजवंशी, योगेश खपांगी, विष्णुप्रसाद मिश्र, देवी बराल, मुरली शाह, दुर्गा आचार्य र तीर्थ सिग्देलको नाम समावेश गरिएको छ। राष्ट्रियसभातर्फ लोकबन्धु कन्दङ्वाको नाम सिफारिस भएको छ।
झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ पुष्पराज पोखरेल, पूर्णसिंह राजवंशी, डम्बर गिरी, चन्द्रा श्रेष्ठ र पृतम वन जेनजेड सिफारिस भएका छन्। समानुपातिकतर्फ मोहन टुडु, हिरा राजवंशी, देवेन्द्र किशोर ढुङ्गाना, डिल्लीराम घिमिरे र गङ्गाप्रसाद ओली रहेका छन् भने राष्ट्रियसभातर्फ बेदराज रेग्मीको नाम सिफारिस गरिएको उम्मेदवार छनोट समिति सदस्य रञ्जित तामाङले जानकारी दिए।
झापा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ झलक सिंह दर्लामी, पुरुषोत्तम चुँडाल, गौरीमान राई, टेकेन्द्र चम्लागाईं जेनजेड, अम्बिका उप्रेती र प्रतीक राजवंशी जेनजेड को नाम सिफारिस भएको छ। समानुपातिकतर्फ मणिकुमार साम्पाङ, कल्पना कार्की, चन्द्र मोहन राजवंशी, केयरसिंह बस्नेत, ढुण्डिराज गुरागाईँ र जेबुल हक रहेका छन्। राष्ट्रियसभातर्फ रामकुमार राई, दिनेशचन्द्र राजवंशी र भरत श्रेष्ठको नाम सिफारिस गरिएको छ।
झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ रञ्जित तामाङ, दिपेनवाला राई, हरिमाया मैनाली, विवेक गौतम र सुरेन्द्र बस्नेत सिफारिस भएका छन्। समानुपातिकतर्फ अजय अग्रवाल, सुलोचना राजवंशी, गङ्गा धिमाल, सुमित्रा वाङ्देल, राधिका ओझा, डम्बर पुलामी, भूमिका कोइराला र लाल सुन्दर राई रहेका छन् भने राष्ट्रियसभातर्फ प्रवीणकुमार राई, दुर्गा चौलागाईं र रमेश गुरागाईँको नाम सिफारिस गरिएको छ।
पार्टीले क्षेत्रगत सन्तुलन, समावेशिता र सङ्गठनात्मक सक्रियतालाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको जनाएको छ।
प्रतिक्रिया