इलाम : हुसाडेक नेपालले बाढी पीडितका लागि ६५ लाख राहत वितरण गरेको छ । गत असोज १८ र १९ को बाढी–पहिरो प्रभावित बासिन्दाका लागि झापा र इलामका लागि सो मूल्य बराबरको राहत वितरण गरेको हो ।
हुसाडेक नेपाल धनकुटा र किर्डार्क नेपाल काठमाडौँले राहत र पुनस्थापनाका लागि घर निर्माण तथा विभिन्न सामाग्री वितरण गरेको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले बताए ।
उनका अनुसार इलाम जिल्लाका लागि मात्र करिब ४० लाख रुपैयाँको राहत सामग्री वितरण भयो । इलाममा इलाम नगरपालिका सहित देउमाई, सूर्योदय नगरपालिका, सन्दकपुर र माइजोगमाई गाउँपालिका तथा झापाको झापा गाउँपालिकामा समेत राहत सामाग्री वितरण गरेको छ ।
बाढीबाट प्रभावित झापामा २५ लाख बराबरको राहत सामग्री वितरण गरिएको बताइएको छ । इलाम जिल्लामा मात्र १० वटा घर निर्माण गरिएको कार्यक्रम संयोजक अधिकारीको भनाई छ ।
उनका अनुसार घर निर्माणका लागि प्रति परिवार एक लाख मूल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको छ । हुसाडेकले इलाम नगरपालिका छ मा तीन वटा इलाम नगरपालिका पाँचमा पाँच वटा र इलाम नगरपालिका एकमा दुई वटा घर निर्माण गरेको छ ।
प्रतिक्रिया