सुनसरी । आत्मनिर्भर समूह तथा वडास्तरीय महिला सञ्जालका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गठित सुनसरी जिल्लाका देवानगञ्ज र गढी गाउँपालिका क्षेत्रका समुहहरुका लागि दुई दिने कार्यशाला सम्पन्न भएको छ । आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा पछाडि परेका तथा जोखिमपूर्ण समुदायका महिलाहरूको सशक्तिकरण तथा बालबालिकाको संरक्षणलाई केन्द्रमा राखेर गठित आत्मनिर्भर समूह तथा वडास्तरीय महिला सञ्चालका सदस्यहरुका लागि कार्यक्रम आयोजना गरिएको थियो ।
देवानगञ्ज र गढी गाउँपालिकामा क्षेत्रमा १०१ वटा आत्मनिर्भर समूह गठन भएका छन्, जसमा १ हजार ६ सयभन्दा बढी महिलाहरूको आवद्धता रहेको छ । समुहको बैठक बसेर कार्य योजनाहरु वनाउने काम समेत गर्ने गरेका छन् । महिला आत्मनिर्भर समूह कार्यक्रम भ्वाइस अफ चिल्ड्रेनको सहजीकरण तथा केएनएच जर्मनीको सहयोगमा सञ्चालन भइरहेको छ
कार्यशालामा देवानगञ्ज र गढी गाउँपालिका क्षेत्रका महिला आत्मनिर्भर समुहमा आवद्ध ३० जना महिलाको सहभागिता रहेको थियो । कार्यशालामा महिला नेतृत्व विकास, आत्मनिर्भरता, आयआर्जनमूलक गतिविधि, स्थानीय सरकारसँग समन्वय, महिला अधिकार, बालअधिकार, बालसंरक्षण, शिक्षा, स्वास्थ्य र पोषणका विषयमा सहजिकरण गरिएको थियो । भ्वाइस अफ चिल्ड्रेन इटहरीका प्रमुख भरत थापाले महिलाहरू आत्मनिर्भर बनेमा परिवार हुँदै समाज सशक्त हुने हुँदा महिलाहरुलाई लक्षित गरि आत्मनिर्भरता समुह वनाइएर सिप सिकाउने लगायतका आयआर्जनका कार्यक्रमहरुमा सहभागी गराउदै आएको जानकारी दिए ।
भ्वाइस अफ चिल्ड्रेन इटहरीका प्रमुख भरत थापाको संयोजकत्वमा इटहरीको होटल इनटुरिष्टमा कार्यशाला सञ्चालन गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक भ्वाइस अफ चिल्ड्रेन केन्द्रका उपनिर्देशक राजु घिमिरे सहित रिता चौधरी र सम्झना चौधरीले सहजीकरण गरेका थिए ।
तालिममा सहभागी महिलाहरूले कार्यशालाले आत्मविश्वास वढाउन मद्धत गरेको वताए । उनीहरुले आत्मविश्वास बढेको, नेतृत्व क्षमता विकास भएको र समुदायमा महिला तथा बालअधिकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्न थप प्रेरणा प्रेरित गरेको समेत सुनाए ।
प्रतिक्रिया