काठमाडौँ : पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज पुर्व राष्ट्रपतिद्धयको भेटवार्ता भएको हो ।
पुर्व राष्ट्रपतिद्धयको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।
उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया