इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ । यो जितपछि मुम्बई तेस्रो स्थानमा उक्लिएको छ।
वाङखडेमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको पाहुना टोली बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९९ रनको योगफल बनायो ।
सुरुवाती २ ब्याटर विराट कोहली र अनुज रावतलाई सस्तैमा गुमाए पनि कप्तान फाप डु प्लेसी र ग्लेन म्याक्सवेलले एक सय २० रनको महत्वपूर्ण साझदारी गरेका थिए । प्लेसीले ४१ बलमा ६५ रन बनाए ।
म्याक्सवेलले ३३ बलमा ६८ रनको विस्फोटक पारी खेले । उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । दिनेश कार्तिकले ३० रन जोडे । जेसोन बेहेन डर्फले ३ विकेट हात पारे ।
जवाफमा उत्रिएको मुम्बईले २१ बल अघि ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । सूर्यकुमार यादवले आक्रामक पारी खेल्दै ३५ बलमा ८३ रन बनाए । उनले ७ चौका र ६ छक्का प्रहार गरे । नेहाल वाडेरा ५२ रनमा अविजित रहे ।
ईसान किशनले ४२ रन जोडे । यो जितपछि तेस्रो स्थानमा उक्लेको मुम्बईले १२ अंक बनाएको छ । रोयल च्यालेन्जर्स बेंगलोर सातौँ स्थानमा छ ।
प्रतिक्रिया