राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगरमा स्वागत

बुधबार, २७ बैशाख २०८०
विराटनगर । नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगरमा बुधबार भव्य स्वागत गरिएको छ । विराटनगर विमानस्थलबाट उनीहरुलाई एयरपोर्ट मोड हुँदै बरगाछी–तीनपैनी–मेनरोड हुँदै रोडशेष चोक र त्यहाँबाट पुनः बरगाछी चोकसम्म परिक्रमा पनि गराइएको हो । बुधबार साँझ सम्मान गर्ने कार्यक्रममा सहभागी हुन राष्ट्रिय क्रिकेट टोली विराटनगर आएको हो । टेष्ट मान्यता प्राप्त मुलुक भारत र पाकिस्तानसँग एसिया कप खेल्ने बाटो तय गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संयुक्त रूपमा सम्मान गर्न लागेका हुन् । राष्ट्रिय क्रिकेट टिमले एसिसी प्रिमियर कपमा ऐतिहासिक जित निकाल्दै एसीसीका लागि सुरक्षित गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपालकै गौरव उँचो बनाएको भन्दै उद्योगी व्यवसायी क्षेत्रले त्यसको खुसी साट्न खेलाडी सम्मान गर्न लागेका हुन् । उद्योग संगठन मोरङ कार्यसमिति सदस्य एवं पूर्व क्रिकेट खेलाडी पारस लुनियाको संयोजकत्वमा खेलाडी सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार