नेपाल र मलेसियाबीच टी–२० आई सिरिज हुने

विहीबार, २८ बैशाख २०८०
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले लामो समयपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ । नेपाल र मलेसियाबीच यही मे महिनाको अन्तिमदेखि जुन पहिलो सातासम्म पाँच खेलको टी-२० आई सिरिज हुने भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल र मलेसियाबीच पाँच खेलको सिरिज मे २९ देखि जुन ४ सम्म मलेसियाको युएसडी युमेएम ओभलमा हुनेछ । पहिलो खेल मे २९ र दोस्रो खदेल मे ३० मा हुनेछ । यस्तै तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ र पाँचौ खेल जुन ४ मा हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार