इलाममा राष्ट्रिय रग्बी प्रतियोगिता हुने

शनिबार, ३० बैशाख २०८०
इलाम । इलामको माई नगरपालिकामा राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना हुने भएको छ । आगामी जेठ २६ र २७ गते सो प्रतियोगिता हुने भएको हो । माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको मैदानमा प्रतियोगिता संचालन हुने शुक्रबार इलाममा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । यो प्रतियोगिता जिल्लामा नै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता हुने लागेको रग्बी संघ इलाम जिल्ला अध्यक्ष गंगा फ्याक (बिजु) राईले जानकारी दिए । उनले प्रतियोगिताले जिल्लामा यस खेलसँग सम्वन्धित खेलाडी बढ्ने र खेल पर्यटनको समेत प्रवद्र्धन हुने बताए । यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने रग्बी संघका केन्द्रीय प्रचार बिभाग सदस्य नमिन ढकालले बताए । यो प्रतियोगितासँगै राष्ट्रिय स्तरका खेलाडी छनौट समेत हुने बताइएको छ । प्रतियोगितामा महिला र पुरुषको ११/११ टिमको सहभागीता रहने छ । सात प्रदेशका सातवटा टीम र चारवटा क्लब प्रतियोगितामा समावेश हुने आयोजक तथा रग्बी संघ माई नगरपालिकाका अध्यक्ष रन्जित काफ्लेले बताए । यस खेलको विकाससँगै इलाम जिल्लाले प्रदेशमा उत्कृष्ठ स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समिति इलामका प्रमुख नारायण भट्टराईको भनाई छ । २०५२ (सन् १९९५) सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेपाल रग्बी संघ दर्ता भएको बताइएको छ । भारतमा अध्ययन गर्न गएका केही व्यक्तिहरूले अग्रसरता देखाएपछि नेपालमा रग्बी संघ दर्ता भएको थियो । यद्यपि २०६८ सालमा टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गंठन भएपछि मात्र रग्बीले गति लिन थालेको जनाइएको छ । अहिले रग्बी खेलले क्रमशः गति लिइरहेको छ । यस खेलको एक टीममा सात जना खेलाडी रहने ब्यवस्था छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार