हैदराबादलाई हराउँदै लखनउ प्लेअफनजिक

आइतबार, ३१ बैशाख २०८०
इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्टसले सनराइजर्स हैदराबादलाई पराजित गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। हैदराबादमाथि लगातार तेस्रो जित निकाल्ने क्रममा लखनउले ७ विकेटको जित निकालेको हो। जितसँगै लखनउको १२ खेलबाट १३ अङ्क भएको छ। लखनउ तेस्रो स्थानमा रहेको छ। पराजित हैदराबादको ११ खेलबाट ८ अङ्क रहेको छ। हैदराबाद अङ्क तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ। आफ्नो घरेलु मैदानमा हैदराबादले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो। १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले उक्त लक्ष्य १९.२ ओभमार ३ विकेट गुमाएर पूरा गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो। उसका लागि हेनरिच क्लासेनले सर्वाधिक ४७ रन बनाउँदा कप्तान एडन माक्रमले २८ रन बनाएका थिए। त्यस्तै, अनमोप्रित सीहले ३६ रन बनाउँदा अब्दुल समदले ३७ रनको स्कोर बनाए। जवाफमा लखनउसले उक्त लक्ष्य ४ बल बाँकी हुँदै ३ विकेट गुमाएर पूरा गरेको थियो। उसका लागि प्रेरक मनकाडले ६४ रनको नटआउट इनिङ खेल्दा उनलाई निकोलस पुरनले ४४ रनमा अविजित साथ दिएका थिए। यी दुईबीच तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। त्यस्तै, क्विन्टन डिककले २९ रन बनाउँदा मार्कुस स्टोइनिसले ४० रनको इनिङ खेलेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार