एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । यो जितसँगै शीर्ष चारको सम्भावना पनि बलियो बनाएको छ ।
लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३–० को सहज जित हात पारेको हो । लिभरपुललाई जित दिलाउन फरवार्ड मोहम्मद सलाहले ह्याट्रिक असिस्ट गरे । सलाहले दिएको पासलाई सदुपयोग गर्दै कर्टिस जोन्सले दुई तथा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डले एक गोल गरेका थिए ।
खेलको ३३औं र ३६औं मिनेटमा कर्टिस जोन्सले गोल गरेका थिए । तेस्रो गोलका लागि भने ७१औँ मिनेटसम्म कुर्नुपरेको थियो । ७१औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डले गोल गर्दै लिभरपुलको जित पक्का गरे ।
यस जितसँगै पाँचौं स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ६५ अंक पुगेको छ । पराजित लेस्टरलाई भने रेलिगेसनको खतरा बढेको छ । लेस्टर ३६ खेलबाट ३० अंक जोडेर १९औं स्थानमा छ । साउथह्यामटन रेलिगेसनमा परिसक्दा लेस्टरसँगै नटिङहम फरेस्ट, एभर्टन र लिड्समध्येबाट दुई टोली रेलिगेसनमा पर्नेछ ।
थता ३५ खेलबाट ८५ अंक जोड्दै म्यान्चेस्टर सिटी लिगको शिर्षस्थानमा रहेको छ भने ३६ खेलबाट ८१ अंक जोड्दै आर्सनलले म्यान्चेस्टर सिटीलाई पछ्याइरहेको छ ।
प्रतिक्रिया