इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

बुधबार, ०३ जेठ २०८०
एजेन्सी । इटालियन क्लब इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई समग्रता ३ ० ले हराउँदै इन्टर मिलान १३ वर्षपछि युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । मंगलबार राति भएको खेलमा दोस्रो हाफमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा परिवर्तित खेलाडी रोमेलु लुकाकुको पासमा गोल गरेका थिए । मिलान पहिलो लेगमा २–० ले विजयी भएको थियो । इन्टर २०१० पछि पहिलोपटा च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको हो । इन्टरले सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले पराजित गरेर उपाधि जितेयता फाइनलमा पुग्न सकेको थिएन । इन्टरले अब जुन १० मा टर्कीयमा हुने फाइनलमा रियल मड्रिड र म्यानचेष्टर सिटीबीचको विजेतासँग खेल्नेछ । रियल र सिटीबीचको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । यी दुईबीच दोस्रो लेग बुधबार राति हुनेछ । उक्त खेल गोल रहित बराबरी भएमा अवे गोलका आधारमा म्यानचेष्टर सिटी फाइनलमा पुग्ने छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार