एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम सेमिफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिड बिच खेल हुदै छ । इटालियन क्लव इन्टर मिलान यस अघि नै फाइनलमा पुगिसकेको छ ।
आज हुने म्यानचेस्टर सिटी र रियल म्याड्रिड बिचको खेलको बिजेताले उपाधिका लागि इन्टर मिलानसँग प्रतिष्पर्धा गर्ने छ । इनटर मिलानले शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई १–० ले तथा समग्रमा ३–० ले पराजित गरी १३ वर्षपछि फाइनलमा स्थान बनाएको हो ।
यो खेल सिटीको मैदान इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । रियलको मैदानमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । दुवै टोलीको फाइनल पुग्ने सम्भावना उस्तै रहेपनि अवे गोलका आधारमा म्यानचेस्टर सिटी अघि रहेको छ ।
यदि गोलरहित बरावरीमा खेल सकिए अवे गोलका आधारमा म्यानचेस्टर सिटी फाइनलमा पुग्ने छ । म्यानचेस्टर सिटी ट्रेबल (इंग्लिस प्रिमियर लिग, इंग्लिस एफए कप र च्याम्पियन लिग) जित्ने अभियानमा छ।
सिटी पछिल्ला २२ खेलदेखि अपराजित रहदै आएको छ । सन् २००८ । ०९ मा बार्सिलोनाका लागि ट्रेवल उपाधि जितेका ग्वार्डिओलाले त्यसपछि च्याम्पियन्स लिगको उपाधि दिलाउन सकेका छैनन् । दुई वर्षअघि सिटीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याए पनि फाइनलमा चेल्सीसँग पराजित भएका थिए । फाइनलमा पुगे पनि सिटीले हिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।
यता च्याम्पियन्स लिगको सर्वाधिक सफल रियल १५औं पटक युरोपियन च्याम्पियन बन्ने अभियानमा छ। घरेलु लिग ला लिगाको उपाधि शहरी प्रतिद्धन्द्धी बार्सिलोनालाई सुम्पिसकेको रियल म्याड्रिडका लागि १५औं पटक युरोपियन च्याम्पियन बनेर लालिगा उपाधि गुमाएको घाउ निको पर्ने अवसरका रुपमा पनि हेरिएको छ ।
प्रतिक्रिया