सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल

शुक्रबार, ०५ जेठ २०८०
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज पनि तीन खेल हुँदै छ । शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै छन् । यो खेल शुक्रबार साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । चर्च ब्वाइज लगातार दोस्रो जित निकाल्दै तालिकामा अग्रता बनाउने लक्ष्यमा रहनेछ । चर्च ब्वाइज १८ खेलबाट ३३ अंक जोड्दै तालिकाको शीर्ष स्थाानमा छ । बालगोपाल महर्जनको टोली, चर्च ब्वाइज लिगको शीर्ष श्रेणीमा उक्लिएको पहिलो सिजन नै च्याम्पियन बन्ने होडमा छ । १९ खेलबाट ३२ अंक जोडेको जावलाखेल युवा क्लब दोस्रो स्थानमा छ । यता रेलिगेसन जोनभन्दा मात्रै एक अंकले अघि रहेको पुलिस लगातर तेस्रो जितको खोजीमा हुनेछ । पुलिस हाल ११औं स्थानमा छ । यी दुईबीच भएको पहिलो लेगमा चर्च ब्वाइज दुई-एक गोलले विजयी भएको थियो । यस्तै दिउँसो ३ बजे खुमलटार युवा क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामेन हुनेछन् । तालिकाको पुछारमा रहेको खुमलटारलाई रेलिगेसन क्षेत्र छाड्न दुई जित आवश्यक छ । छैटौं स्थानमा रहेको आर्मीको २५ अंक छ । अर्को खेलमा एपीएफ क्लब र हिमालयन शेर्पा आमनेसामने हुनेछन् । रेलिगेसन ब्याटलमा रहेका यी क्लबको समान २२-२२ अंक छ। तर एपीएफ हेड टु हेडका आधारमा पछि परेको हो । दुवै टिमलाई अंक तालिकामा सुधार्ने मौका रहनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार