काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताको २३ औँ संस्करणको लोगो सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको मुख्य आयोजक विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार एक भव्य समारोहबीच विश्वकपको लोगो सार्वजनिक गरेको हो ।
आगामी विश्वकप उत्तर अमेरिकी राष्ट्र संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन् ।
तीनवटा राष्ट्रले संयुक्त रूपमा विश्वकप आयोजना गर्न लागेको भने यो पहिलो पटक हो ।
विश्वकपको लोगो सार्वजनिक गर्न आयोजित समारोहमा फिफाका पदाधिकारी, स्थानीय आयोजकका प्रतिनिधि, चर्चित खेलाडी र विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यसपटक लोगोमा विश्वकपको ट्रफीलाई पनि समावेश गरिएको छ । विश्वकप फुटबलको इतिहासमा पहिलो पटक लोगोमा विश्वकप ट्रफीलाई चित्रण गरिएको हो ।
आगामी विश्वकप सन् २०२६ मा आयोजना हुने भएकाले २ र ६ अक्षरको माथि विश्वकप ट्रफी राखेर ट्रफीको तल फिफा लेखिएको छ ।
प्रतिक्रिया