माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरियो

मंगलबार, ०९ जेठ २०८०
जनकपुर । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । माओवादी केन्द्र संसदीय दलले पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई मधेश प्रदेश सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । गठबन्धनमा भएको सहमतिको आधारमा मुख्यमन्त्री सरोजकुमार यादव नचलेको भन्दै माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट आफ्नो दलका १ मन्त्री र १ राज्यमन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । गठबन्धन दलका शीर्ष नेताहरू र मधेशका सत्तामा भएका दलका संसदीय दलका नेताहरुको उपस्थितिमा काठमाडौंमा भएको छलफलमा मधेस प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने, सत्तासाझेदारी र सत्ता दलको भावनाअनुसार मन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार