बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

मंगलबार, ०९ जेठ २०८०
काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो । पहिलो सेट २५–१० ले जितेको नेपालले दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जितेको छ । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । नेपालले सोमबार कीर्गिस्तानलाई पराजित गरेको थियो । अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । प्रतियोगिता अन्तर्गत नै मंगलबार भारत र काजकिस्तानले जित निकालेका छन् । मंगलबारको पहिलो खेलमा भारतले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको हो । भारतले किर्गिस्तानलाई २५-१७,२५-८ र २५-८ ले हराएको हो । दोस्रो खेलमा किर्गिस्तानले श्रीलंकालाई  ३-१ को सेटमा हराएको थियो । काजकिस्तानले श्रीलंकालाई २५-१६,२८-२६,२५-१८ र २९-२७ ले हराएको हो । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ । समूह 'ए' मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार