इटहरी । सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।
विद्यालयले आयोजना गरेको हाउस वाइज क्रिकेट टुर्नामेन्टमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका २ का १५ वर्षीय तेसलानन्द यादवको शुक्रबार बिहान मृत्यु भएको हो । उनी कक्षा १० मा अध्ययनरत थिए ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा लैजानेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेशकुमार सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
मृतकका आफन्तले विद्यालयको लापरबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
प्रतिक्रिया