आईपीएल क्रिकेटको फाइनल पुग्न आज मुम्बई र गुजरात खेल्दै

शुक्रबार, १२ जेठ २०८०
काठमाडाै । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मुम्बई पाँच पटकको च्याम्पियन हो भने गुजरात साविक विजेता टोली हो । यसअघि पहिलो क्वालिफायरमा गुजरातलाई हराएको चेन्नई सुपर किङ्ग्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल पर्सि आइतवार हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार