काठमाडाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।
आज दशरथ रङ्गशालामा भएको पहिलो खेलमा एपीएफले जावलाखेललाई २–० गोलले हराएको हो ।
एपीएफको जितमा अर्मान्ड बिडोम र आभाष लामिछानेले एक/एक गोल गरे ।
बिडोमले खेलको २३औँ मिनेटमा र लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
खेलको ८६औँ मिनेटमा मैदानभित्र झगडा भएपछि एपीएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।
जितसँगै एपीएफको २२ खेलमा २९ अङ्क भएको छ । समान खेलमा जावलाखेलको ३४ अङ्क छ ।
प्रतिक्रिया