नेपाली राष्ट्रिय महिला क्रिकेट टोली र मलेसियाबीच दोस्रो टी–ट्वान्टी खेल आज

मंगलबार, १६ जेठ २०८०
काठमाडौं । नेपाली राष्ट्रिय महिला टिम र घरेलु टोली मलेसिया बीचको दोस्रो टी–ट्वान्टी खेल आज हुँदैछ । यो खेल नेपाली समयअनुसार बिहान पौने नौ बजे सुरु हुनेछ। पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल पाँच विकटले पराजित भएको थियो । नेपालको पराजयमा खराब ब्याटिङ मुख्य कारण बन्यो । टस हारेर पहिले ब्याटिङमा आएको नेपालले ५० रनमा सबै विकेट गुमाएको थियो । जवाफमा नेपालको बलिङ पनि फितलो रह्यो । मलेसियाले ५१ रनको समान्य लक्ष्य १३ दशमलब २ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । नेपालले मलेसियासँग इतिहासमै पहिलो पटक पराजय व्यहोरेको हो । आज सामशनजंग थापाको टोली पुनरागमनको लक्ष्यमा हुनेछ । यसअघि नेपालले सन् २०२२ मे मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डासँग पाँच खेलको टी-ट्वान्टी आई सिरिज खेलेको थियो । नेपालले सिरिज ३-२ ले गुमाएको थियो । नेपाली राष्ट्रिय महिला सिनियर टिमका लागि मलेसिया भ्रमणमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सुनौलो अवसर रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार