बर्दिवास । महोत्तरीमा अज्ञात समूहले हतियार देखाएर बैंकबाट रकम लुटेको छ । महोत्तरी गाउँपालिका २, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखाबाट रकम लुटिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् ।
मास्क लगाएर बैंकमा प्रवेश गरेको समूहले रकम लुटेको जनाइएको छ ।
रकम लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले उनीहरुको खोजी तीव्र बनाएको छ ।
प्रतिक्रिया