विश्वकप: क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा

बुधबार, २८ मंसिर २०७९
क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे । हारसँगै अघिल्लो संस्करणको उपविजेता क्रोएसियाको यो पटक विश्वकप जित्ने सपना चकनाचुर बनेको छ । क्रोएसियाले अब तेस्रो स्थानका लागि फ्रान्स र मोरोक्कोबीचको पराजित टोलीसँग प्ले अफ खेल्नेछ । यस्तै अर्जेन्टिनाले भने फ्रान्स र मोरोक्कोबीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल आइतबार राति हुनेछ । अर्जेन्टिनाका लागि यो खेल क्रोएसियासँग उत्कृष्ट बदलासमेत रह्यो । सन् २०१८ को विश्वकप समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३(० गोलले पराजित गरेको थियो । ३(० गोलले नै क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले बदलासमेत पुरा गरेको छ

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार