धरानमा महिला राष्ट्रिय कराँते प्रतियोगिता हुने

शुक्रबार, १९ जेठ २०८०
धरान । जेठ अन्तिम साता धरानमा राष्ट्रिय महिला कराँते प्रतियोगिता हुने भएको छ । सितेरियो कराँते परिवार धरानको आयोजनामा ‘बीपी मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगिता’ जेठ २६ र २७ गते धरान रंगशालाको सेमिकभर्डहलमा हुने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको आयोजक कमिटीका संयोजक कुविरमान राईले जानकारी दिए । प्रतियोगिताको विजेता टिमलाई नगद ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक र सबै प्रदेशका एक–एक टिम, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बल सहभागी हुनेछन् । प्रतियोगिता ३५ केजी तौल समुह, त्यस्तै ४०, ४५, ५०, ५५, ६१, ६८, ६८ माथि, एकल काता, समूह काता (३ जना) मा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार