एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाले महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोना च्याम्पियन बनेको हो । बार्सिलोनाले जर्मन क्लब जाइन्ट वुल्फ्सबर्गलाई ३–२ गोल अन्तरले हराउँदै दोस्रो पटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको हो । बार्सिलोनाको महिला टोलीले यस अघि २०२०-२१ मा महिला च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
नेदरल्याड्सको फिलिप्स स्टेडियममा भएको खेलमा वुल्फ्सबर्गले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । तेस्रो मिनेटमा नै इवा पजोरको गोलबाट अग्रता लिएको उसका लागि ३७औं मिनेटमा अजेक्जेन्ड्रा पपले गोल गरेर उपाधि तर्फ अघि बढाएकी थिइन् । तर दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । बार्सिलोनाकी पात्री गिखारोले दोस्रो हाफको ४८औं मिनेटमा र ५०औं मिनेटमा गोल गरिन् र खेललाई बराबरीको अवस्थामा पुर्याइन् ।
खेलको ७०औं मिनेटमा राल्फोले गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाइन् । अन्तत बार्सिलोनाले त्यही अग्रता जोगाएर उपाधि जितेको छ । गत सिजन पनि फाइनलमा पुगेको बार्सिलोना लायोनसँग पराजित भएको थियो । पुरुषतर्फको च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलान र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी उपाधिका लागी प्रतिस्पर्धा गर्दै छन् । उक्त खेल जुन ११ तारिकमा हुदै छ ।
प्रतिक्रिया