नेपाल-मलेसियाबीच सिरिजको निर्णायक प्रतिस्पर्धा

आइतबार, २१ जेठ २०८०
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज (आइतबार) मलेसियाविरुद्ध सिरिजको निर्णायक खेल खेल्दै छ । पाँच खेलको सिरिज दुई-दुईको बराबरी छ । खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । नेपाल अन्तिम खेल जित्दै सिरिज उपाधि जित्ने लक्ष्यमा छ । हिजो (शनिबार) भएको खेलमा ४ विकेटले पराजित भएपछि नेपाल एक खेलअगावै च्याम्पियन बन्ने अवसरबाट चुकेको थियो । पहिलो खेल ५ विकेटले गुमाएको नेपालले त्यसपछिका दुई खेलमा भने लगातार जित हात पारेको थियो । तर घरेलु टिमले चौथो खेलमा रोमाञ्चक जित हात पार्दै नेपाललाई रोकेको हो । एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको नेपालका लागि पहिलोपटक पाँच खेलको टी-ट्वान्टी सिरिज जित्ने सुनौलो मौका छ । आजको खेल जित्ने हो भने नेपालले ब्याटिङ र फिल्डिङमा उल्लेख्य सुधार गर्न आवश्यक छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार