मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

विहीबार, २५ जेठ २०८०
काठमाडौं । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ। चर्चित अर्थोपेडिक विशेषज्ञ उनको आज बिहीबार बिहान उपचारको क्रममा भारतको दिल्लीस्थित एक अस्पतालमा निधन भएको हो । करिब दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित उनलाई काठमाडौंमा उपचार सम्भव नभएपछि दिल्ली लगिएको थियो । दिल्ली लगिएको एक सातामै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार