अन्य बाकी ३ जनालाइ भने मनोनीत गरिने संघले जनाएको छ । संघका केन्द्रीय अध्यक्ष लिलाप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति श्री केदार भण्डारी रहेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस ,मोरङ्ग कार्यबाहक सभापति श्री भक्तीनाथ माझी, नेपाली काङ्ग्रेस इटहरी उपमहानगर कार्यबाहक सभापति श्री बालकृष्ण बिष्ट, होटल ब्यवसायी संघ तथा इटहरी अध्यक्ष तथा उद्योग बाणिज्य संघ इटहरी अध्यक्ष जिवन पराजुली, नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र न १ सचिव महासचिब श्री महेन्द्र प्रधान लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया