पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

शुक्रबार, १८ पुस २०८२

काठमाडौँ  :  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले आज सर्वोच्च अदालतमा पुगेर गत भदौ २४ गते आगजनी भएर जलेको भवनको अवलोकन गरेकी हुन् ।

अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले न्यायालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै न्यायालय जस्तो ऐतिहासिक धरोहर जल्नु अकल्पनीय भएको बताइन । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार पूर्वराष्ट्रपति भण्डारीले अदालतको अवलोकन गरी विभिन्न जिज्ञासा राखेकी थिइन ।

 यसैअघि, जेनजी आन्दोलनपछि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबार र संसद् भवनको अवलोकन गरेकी थिइन । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार