पानी तान्ने मोटरबाट करेन्ट लाग्दा २ जनाको मृत्यु

शनिबार, ०२ असार २०८०
काठमाडौं । करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । पानी तान्ने मोटरबाट करेन्ट लाग्दा शुक्रबार राति रौतहटको बौधीमाई–५ कोपवाका २५ वर्षका अरुण साह र २६ वर्षका सितावि पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घरको आँगनमा रहेको ट्युबेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेपछि जोगाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेको थियो । अचेत अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएका उनीहरुलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार