विराटनगर । मधे्श प्रदेशको सिरहास्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको हत्या भएको छ ।
सिरहाको मिर्चैयास्थित खानेपानी कार्यालयमा ८ महिनादेखि कार्यरत स्थानीय किशोरी रायको घाँटी रेटेर हत्या भएको हो ।
सोमबार बिहान संस्थाका सचिव डिकाराम पोखरेल कार्यालय पुग्दा रायलाई रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोली पुगेर बुझ्दा उनको मृत्यु भइसकेको पाइएको इलाका प्रहरी कार्यालयका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया