काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा बस्नेत

बुधबार, २० असार २०८०
काठमाडौं । गृहमन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहनुभएका बस्नेतलाई काठमाडौंको सिडिओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ । काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई उक्त जिम्मेवारी दिएको हो । आठ वर्ष सहसचिव भएका बस्नेत विगतमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक, गोरखा, चितवन, पर्सामा सिडियोका रुपमा काम गरिसकेका छन् । उनले पुनःनिर्माण प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तथा प्रदेश कार्यालयमा समेत काम गरिसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार