पब्जी विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोलीले कम्तिमा एक एक करोड जित्ने पक्का

सोमबार, ०४ पुस २०७९
अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्ने छन् । पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । स्काइलाइट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगिताको १६ टोलीको सूचीमा नेपालको डीआरएस पाँचौ स्थानमा छ । पहिलोमा भियतनामको टोली छ । प्रतियोगिताको अन्तिम चरणमा पुगेका १६ वटै टिमले पुरस्कार पाउने भएकाले नेपाली दुई टोली डीआरएस र टिटुकेले कम्तिमा एक–एक करोड रुपैयाँ पाउने निश्चित भएको छ । यो प्रतियोगिताको कूल पुरस्कार रकम ४० लाख रुपैयाँ छ । उक्त रकम १६ वटै टोलीलाई उनीहरुले प्राप्त गरेको अंकको आधारमा बाँडिन्छ । खेलमा उनीहरुले बढाउने अंकको आधारमा रकम पनि थपिंदै जान्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार