किशोरीमाथि सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ

मंगलबार, ०२ साउन २०८०
इटहरी । एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सप्तरीमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि गत शुक्रबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी दीपक रायका अनुसार पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–१२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन् । उनीहरुले किशोरीलाई गाउँकै मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ । आइतबार परिवारले किटानी जाहेरी दिएको आधारमा चारैजनालाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार