कांग्रेस बलियो बनाउन नेतृत्वसँगै उभिन महामन्त्रीहरुलाई खतिवडाको आग्रह

बुधबार, ०३ साउन २०८०
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वसँगै उभिनुपर्ने बताएकी छन्। कांग्रेसलाई बलियो बनाउने उद्देश्यका साथ अघि बढे साथ दिन तयार रहेको उनको भनाइ छ। बुधबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भनिन्, ‘दुवै महामन्त्रीलाई आग्रह छ- कांग्रेस बलियो बनाउने, एकढिक्का बनाउने, सही मार्गचित्रमा लैजाने र सबैको नेतृत्व लिने गरी अघि बढ्नुहोला।’ उनले महामन्त्रीहरूलाई दायरा फराकिलो बनाउन आग्रहसमेत गरेकी छन्। ‘तपाईंहरूले दायरा फराकिलो बनाउनुभएन भने तपाईंहरू अरू कसैको विकल्प खोज्छौं भन्दै हिँड्नुभएको छ। तपाईंहरूको विकल्प पनि हामीले खोज्नुपर्ने अवस्था नआओस्,’ उनले भनिन्। सभापति देउवालाई मात्रै दोष दिने प्रवृत्ति हाँस्यास्पद रहेको उनले बताइन्। ‘गठबन्धन गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो। परिणाम पाएपछि सभापतिलाई मात्रै दोष लगाउनु हाँस्यास्पद छ,’ उनले भनिन्। उनले कांग्रेस बलियो बनाउन महामन्त्रीहरूलाई आग्रह गरिन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार