काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं कोशीका मुख्यमन्त्री उद्धव थापाले केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाहीको माग गरेका छन् ।
केन्द्रीय समिति बैठकमा बोल्दै थापालेगत निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको आरोप लगाए ।
‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने उहाँ हो । देउमान थेबेलाई भोट नदेऊ, हराऊ भनेर मेसेज गर्नुभएको छ,’ थापाले भने, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो । सकिएपछि फर्किनुभयो । पार्टीलाई सङ्कट पर्दा भागेर जाने ? यस्ता नेतालाई कारबाही हुनुपर्दछ । भागेर अस्ट्रेलिया गएको रेकर्ड छ ।’
केन्द्रीय सदस्य बुढाथोकीले जिल्ला सभापति थेबेले आफूखुसी र विधान विपरीत पार्टी सञ्चालन हुने गरेको आरोप लगाएका थिए ।
कांग्रेसको नेतृत्वमा बनेको सरकार मान्ने कि नमान्ने प्रश्न बुढाथोकीले उठाएको भन्दै थापाले भने, ‘कार्यकर्ताको मनोबल घटाएको छ । शक्तिलाई खुम्च्याउने काम पार्टीभित्रैबाट भएको छ । कार्यकर्तालाई हप्काउने नेतृत्वले कांग्रेसलाई कहाँ पुर्याउँछ ?’
प्रतिक्रिया