काठमाडौं । बागमती प्रदेशअन्तगर्तका नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति र भ्रातृ संस्थाका पूर्वअध्यक्षहरुले जनताको अपेक्षाअनुसार काम गर्न र पार्टीलाई बलियो बनाउन नेतृत्वपंक्ति सच्चिन जरुरी रहेको जनाएका छन् ।
भक्तपुरमा बसेको पार्टी पूर्वजिल्ला सभापति र भ्रातृ संस्थाका अध्यक्षहरुले गुटबन्दी र नेतृत्वमा भएको विकृति विसंगति अन्त्य गरी जनअपेक्षा अनुसारको योजना र काम गर्न सके पार्टी बलियो हुने निष्कर्ष निकालेका छन् ।
पार्टीका पूर्वजिल्ला सभापति रामचन्द्र खड्का, बालचन्द्र पौडेल, रामकृष्ण खड्का, मोहन बराल, ताराबहादुर कोइराला, रघुरमण न्यौपाने, लोकेश ढकाल र विनोद कायस्थलगायतले स्वेच्छाचारी प्रवृत्ति अन्त्य नभए कांग्रेस कमजोर भई नयाँ शक्तिको उदय हुने दाबी गरे ।
यस्तै उनीहरुले पार्टीका लागि योग्य, सक्षम व्यक्तिको पहिचान गरी संगठन विस्तारमा पुराना नेताहरुलाई परिचालन गर्नसमेत नेतृत्वलाई सुझाएका छन् ।
प्रतिक्रिया