खासगरी वीपी र गिरिजाप्रसादको कर्मथलो सुनसरीमा आउन पाएकोमा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा पनि आइरहने प्रतिबद्धता व्यक्त गरे ।
अहिले नेपाली राजनीतिमा लोकतन्त्रको रक्षाका निम्ति गठबन्धन आवश्यक रहेको देउवाले बताए ।
‘लोकतन्त्रको रक्षाका निम्ति गठबन्धन आवश्यक थियो, यसैकारण अहिले कांग्रेस पहिलो पार्टी बनेको छ,’ उनले भने, ‘आगामी दिनमा कांग्रेसलाई बहुमत दिलाउनका निम्ति सबै साथीहरूलाई एकजुट हुन आग्रह गर्दछु ।’
कार्यक्रममा पार्टीका सह–महामन्त्री भीष्मराज आङ्देम्बे, पार्टीका पूर्व उपसभापति विजयकुमार गच्छदार, कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरू अमृत अर्याल, राजीव ढुंगाना, राजीव कोइराला, लक्ष्मी खतिवडा, उमेशजंग रायमाझी, कल्पना चौधरी, कोशी प्रदेशका मुख्यमन्त्री तथा पार्टी प्रदेश सभापति उद्धव थापा लगायतले बोलेका थिए ।



प्रतिक्रिया