काठमाडौं । धनुषाको सीमावर्ती क्षेत्र मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा क्षेत्रमा शनिबार राति गोली हानी एक महिलाको हत्या भएको छ ।
मोटरसाइकल चढेर आएका दुई अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गोली हानी भारततर्फ नै भागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
मृतक महिलाको पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ । यद्यपि, मृतक महिला भारतीय नागरिक हुन सक्ने अनुमान गरिएको छ ।
मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवकाअनुसार घटना नेपाली भूमिमा भएको र हत्यापछि महिलाको शव भारतीय भूमिमा फालिएको अवस्थामा भेटिएको थियो।
विहारको मधुवनी जिल्ला हर्लाखी थानाको प्रहरीले महिलाको शव लगेको यादवले जनाए । घटना नेपाल-भारत सीमाको पिलर नम्बर २९०/१६ मा भएको यादवको भनाइ छ ।
प्रतिक्रिया