काठमाडौं । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीमा शुक्रबार छाेराकाे मुक्का प्रहारबाट बाबुकाे मृत्यु भएकाे छ ।
९० वर्षीय बाबु माइत सिं घलानलाई उनका ६० वर्षीय छाेरा दिलबहादुर घलानले घरायसी विवादमा रिसले मुक्का प्रहार गर्दा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले बताए ।
घटनाकाे आराेपमा इलाका प्रहरी कार्यालय निजगढले छाेरा दिलबहादुरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेकाे प्रहरी प्रवक्ता न्याैपानेले बताए ।
प्रतिक्रिया